रवि लामिछाने नम्बरी ठग हुन : सांसद दाहाल

उज्यालो प्रतिनिधि १० आश्विन २०८०, बुधबार उज्यालो फोकस

 

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् माओवादी केन्द्रका नेता राजन दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वर्तमान राजनीतिका नम्बरी ठग रहेको आरोप लगाएका छन् ।

पछिल्लो समय सरकार र केही नेताहरूको आलोचना गरेर सामाजिक संजालबाट उदाएका रविमा वैचारिक शिष्टता र संगठनात्मक दक्षता समेत नरहेको बताए ।

उज्यालो नेटवर्कबाट प्रसारित कार्यक्रम उज्यालो संवादमा कुराकानी गर्ने क्रममा सांसद दाहालले लामिछानेहरु प्रतिक्रियात्मक रहेको तर सिर्जनात्मक नरहेको बताएका छन् ।

उनले भने रविहरुले सधैं अरुको कामकारबाही माथि प्रतिक्रिया दिए तर हामीले यो यो काम गरे भनेर कुनै सिर्जनात्मक तर्क नगरेको बताए । युवाहरूलाई देशमा केही सम्भावना छैन भन्दै समाज भट्काउने काम समेत गरिरहेको बताए ।

सधैं स्टन्ट गरेर क्षणिक जनतालाई भ्रममा पारे पनि अश्लि अनुहार थाहा पाएको दिन लामिछानेसंगै ज्ञानेन्द्र शाहीहरु समाजबाट नांगिदै जाने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार