कुलमोहरबाट लोपउन्मुख सुन कछुवा उद्दार

शिवु खनाल ९ आश्विन २०८०, मंगलवार समाचार

देउखुरी ।  वन्यजन्तु संरक्षणको प्राथमिकताबाट छुटेको र मानवीय क्रियाकलापका कारण मासिंदै गएको सुन कछुवाको कुलमोहर गाउँबाट उद्दार गरि जैविक विविधता ग्रिनपार्क भित्र छाडिएको छ । लमही नगरपालिका वडा नम्बर ६ कुलमोहरबाट डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका फरिष्टर तथा अनुसन्धानकर्ता चिञ्जिबी खनालले सुन कछुवाको सकुशल उद्दार गरि अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रिनपार्क भित्र छाडिएको जानकारी दिए । उनले यो सुन कछुवा जोगाउन संस्थागत अनुसन्धान र कार्ययोजना आवश्यक रहेको बताए ।
कछुवाले विभिन्न वनस्पतिका फल खाएर बीउ फैलाउन भूमिका खेल्छ । त्यस्तै, मानिस र चौपायामा रोग निम्त्याउने कीरा तथा मरेका–सडेगलेका जनावर खाएर वातावरण स्वच्छ राख्न मद्दत गर्छ । जलीय तथा भूमि पारिस्थितिक प्रणाली सन्तुलित बनाउन मद्दत गर्ने कछुवा मानवीय गतिविधिका कारण लोप हुने अवस्थामा पुगेको छ ।

सुन कछुवा विश्वमै दक्षिणपूर्वी एशियाका नेपाल सहित केही मुलुकमा मात्र पाइन्छ । यसलाई नेपालमा पहेंलो टाउके कछुुवा, भुइँ कछुवा, लाम्चे कछुवा, ठोटरी आदिका नामले पनि चिनिन्छ । सुन कछुवा हामीकहाँ पूर्वी भेगदेखि पश्चिमसम्म नै पाइन्छ । यो कछुवा लजालु हुन्छ, सालका जंगल, झाडी, बाँसघारीमा सुकेका पातमुनि वा अरू जनावरको ओढारमा लुकेर लामो समय बिताउँछ । यसको मुख्य आहारा वनस्पतिका फूल तथा फल, च्याउ र गँड्यौला, चिप्लेकीरा, शंखेकीरा जस्ता साना जीव हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार