गायिका प्रेमा शेर्पा चटौतको ‘त्यही देउरालीमा'(भिडियो)

उज्यालो प्रतिनिधि ८ आश्विन २०८०, सोमबार कला मनाेरञ्जन

काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘त्यही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रम गायक एंव संगीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पारीजात नेपालमा व्यवस्थापक लीलाराज बानिँयाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी शरण हुमागाइले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष दावाफिन्जो तामाङले आफु संगीत र यस संग सम्बन्धित क्ष्रेत्रको बिकासको निम्ती आफु लागी परेको बताए । उनले गायिका प्रेमा शेर्पालाई शुभकामना दिए ।

सभापती कर्साङ लामाले सहकार्यमा उत्कृष्ट गीत बनेको र दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताए । गायिका प्रेमा शेर्पाले आफुलाई साथ सहयोग र हौसला प्रदान गर्नुहुनेहरुप्रती आभार प्रकट गरिन ।

डीएनडी तामाङको शब्द, कर्साङ लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतको म्यूजिक भिडियोमा उर्मिला कार्की, कार्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ । सन्तोष पराजुलीको प्राविधिक सहयोगमा रामेश्वर हुमाागाईंले छांयाकन गरेको म्युजिक भिडियोलाई राजु श्रेष्ठले निर्देशन गरेका हुन । उक्त गीतमा बाल्यकालदेखिको माया र परिवारिक कारण बिछोड भएको कुरा समावेश गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार