राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

उज्यालो प्रतिनिधि ८ आश्विन २०८०, सोमबार मुख्य नेटवर्क

विराटनगर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताएका छन् ।

गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनले सार्वभौमसत्ता, अखण्डता, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सद्भाव र सहिष्णुता र विकासका यात्रालाई पूरा गर्न आपसी एकता आवश्यकता हुनुपर्नेमा जोड दिए ।

गृहमन्त्री श्रेष्ठले समाजमा एकता र शान्तिसुरक्षा कायम राख्नुपर्ने बताउँदै देशमा देखिएका चुनौतिलाई समाधान गर्न राजनीतिक तहबाट असल वातावरण सिर्जना हुनुपर्ने र राष्ट्रिय सहमतिका लागि नयाँ वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले जातीय, भाषिक र सांस्कृतिक पक्षमा एकता कायम गराउन सबैसँग छलफल गरेर सहिष्णु बनाउनुपर्ने धारणा व्यक्त गर्दै लामो बलिदानी र सङ्घर्षबाट प्राप्त उलब्धिलाई रक्षा गर्न सबै राजनीतिक दलबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोशी प्रदेशका छ जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रदेश सशस्त्र प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, प्रदेशस्तरीय राजनीतिक दलका प्रमुख, नागरिक समाज, उद्योगी एवं व्यापारिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार