काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी को निर्वाचन मिति नजिकिँदै गर्दा सम्भावित उम्मेदवारहरुको चहलपहल पनि बढ्दै गएको छ ।
नयाँ कार्यसमितिको लागि आगामी अक्टोवर १७ देखि २० तारिखसम्म नेपालमा हुन गइरहेको ११ औं विश्व सम्मेलनको निर्वाचनका लागि एनआरएनए आइसीसीको कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगनाले उम्मेदवार दिने घोषणा गरेका छन् ।
२०११ देखि एनआरएनए अभियानमा सक्रिय ढुंगना २०१७-१९ र १९-२१ मा आइसीसी सदस्य, २०१७ देखि ०१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न अतिथि देवो भव अभियानको नेतृत्व गरेका थिए भने २०२१ देखि ०२३ सम्म एनआरएनए युएईको अध्यक्ष भएर काम गरेका थिए ।
पर्यटन व्यवसाय गर्दै आएका ढुंगनाले आर्थिक व्यवस्थापन, स्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धि गहिरो ज्ञान राख्दछ । त्यसैले पनि उनले कोषाध्यक्ष पदमा उम्मेदवार आफ्नो कार्यक्षमता हेरेर राखेको बताए ।
मलेसिया र मध्यपुर्वका आम श्रमिकको दुख बुझेका र हरदम सहयोग गर्न तत्पर उनले युरोप अष्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासिय नागरिकता र नेपालको विकासमा गैरआवासीय नेपालीहरुको भूमिका सुनिश्चित गर्न पहलकदमि लिने ढुंगनाले बताए ।
उज्यालो नेटवर्कसंगको कुराकानीमा थप भने नेपालको आर्थिक उन्नतिका अवरोधहरु, त्यसको निराकरण गर्ने विधि र तरिका, गैरआवासीय नेपालीको योगदान र भूमिका विषयमा स्पष्ट सहित कोषाध्यक्षमा उम्मेदवार दिएको दावी गरेका छन् ।