युवा श्रमिकहरुको प्रतिनिधित्व गर्न मेरो उम्मेदवार – सुदिप कार्की

उज्यालो प्रतिनिधि ८ आश्विन २०८०, सोमबार समाचार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं सम्मेलन नजिकिँदै गर्दा निर्वाचनको उम्मेदवार दिने र फिर्ता गर्ने क्रम बढ्दो छ । सम्पूर्ण श्रमजीवी युवा वर्गको नेतृत्व गर्न सुदिप कार्कीले पनि उपाध्यक्षमा उम्मेदवार दिने तयार गरेका छन् ।

वैदेशिक रोजगारीको क्रममा लामो समयदेखि युएईमा रहेका कार्की एनआरएनए युएईको अध्यक्ष, आइसिसि सदस्यमा रहेर समेत लामो समय काम गरेका व्यक्ति हुन।
विशेषगरी एनआरएनएमा दलाल पुजिपतिहरुको बर्चस्व अनि विभिन्न गैरकानुनी काममा संलग्न व्यक्तिहरुको उठबस भएको कारण त्यस्ता पात्रहरूले श्रमजीवीको पक्षमा काम नगर्ने कार्कीको ठहर छ ।

उनले उज्यालो नेटवर्कको संगको कुराकानीमा भने ‘एनआरएनए भनेको चहि मानव तस्कर, सुन तस्करहरुको लागि खोलेको संस्था जस्तो भयो । सार्वजनिक समारोहमा श्रमजीवीको पक्षमा बोल्ने, खादा लगाउने तर व्यबहारमा चहि तिनै श्रमिकहरुको शोषण गर्ने परम्परा छ । त्यसैले श्रमजीवीहरुले एनआरएनलाई आफ्नो अभिभावक ठान्नको लागि नेतृत्व तहमा म जस्तो श्रमिकको उम्मेदवार आवश्यकता ठानेर केन्द्रीय उपाध्यक्षमा उम्मेदवार दिदैछु ।’

लामो समयदेखि एनआरएनमा बसेर नेपाली श्रमिकहरुको हकहित र अधिकारको लागि लड्दै आएकोकार्कीले भुकम्प र कोभिड-१९ को कारण प्रवासमा अलपत्र परेका नेपालीहरुको उद्वारको लागि समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशन आगमि अक्टोबर १७ देखि २० तारिखमा हुने निर्णय भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार