सल्यान दुर्घटना अपडेट : मृत्यु हुने दुवै जनाको सनाखत

उज्यालो प्रतिनिधि ८ आश्विन २०८०, सोमबार समाचार
तुलसीपुर   ।   सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै घाइते हुनेमा तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगी रहनुभएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।  मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ ।
रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । आज बिहान ६ः३० बजे रा१च १०२५ नम्बरको जीप तीन सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेको जीप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार