काठमाडौं । गोजीमा पैसा छैन तर घरका लागि ईलेक्ट्रोनिक तथा फर्निचरको सामान आजै चाहिएको छ ? त्यसो भए अब हाईटेक भिजनलाई सम्झिनुभए पुग्छ ।
‘भोलि कमाउने भोलि तिर्ने, चाहिएको सामान आजै प्रयोग गर्ने’ भन्ने मुलमन्त्रका साथ सञ्चालनमा आएको हाइटेक भिजन प्रा.लि.ले सरल किस्ताबन्दीमा तपाईलाई घरायसी प्रयोजनका लागि आवश्यक सामानहरु उपलब्ध गराउँदै आएको छ ।
हाइटेक भिजनका प्रबन्ध निर्देशक राजीव कुमार सापकोटाका अनुसार हाइटेक भिजनले स्वदेशी तथा विदेशी ब्राण्डको आकर्षक एवं गुणस्तरीय इलेक्ट्रोनिक्स र फर्निचरका सामानह नगद तथा किस्ताबन्दीमा उपलब्ध गराउँदै आएको छ ।
प्रबन्ध निर्देशक सापकोटाका अनुसार कुनै पनि सामानको ४० प्रतिशत रकम डाउनपेमेन्ट गरी बाँकी ६० प्रतिशत रकमको मासिक तथा दैनिक किस्ताबन्दीमा हाईटेकले सामान उपलब्ध गराउँदै छ । काठमाडौँभित्र कम्पनीले निशुल्क होम डेलिभरीको सुविधा प्रदान गर्दै आएको छ भने काठमाडौं बाहिरका लागि केही शर्त लागू गरेको छ ।
जारी छ, हाइटेक भिजनको १८ महिने शेयर बचत योजना
यसैबीच हाइटेक भिजन प्रा.लि.मा सर्वसाधारणले शेयर बचत गर्न पाउनेछन् । शेयर बचत गर्न चाहने बचतकर्ताहरुले १० हजारदेखि ५ लाखसमम शेयर बचत गर्न सकिने प्रबन्ध निर्देशक सापकोटाले उज्यालो नेटवर्कलाई जानकारी दिए । जसमा ४ लाखदेखि ५ लाखसम्म शेयर बचत गर्दा वार्षिक बोनस ६ महिना अगावै एकमुष्ट रुपमा लिन सकिनेछ भने २ लाखदेखि ३ लाखसम्म शेयर गर्दा ९ महिना पुगेपछि १ वर्षको बोनस एकमुष्ट रुपमा लिने सकिनेछ ।
त्यसैगरी १ लाखदेखि डेढ लाखसम्म बचतकर्तालाई वार्षिक बोनस दिने अथवा बचतकर्ताले चाहेको खण्डमा १५ महिना पुगेपछि १८ महिनाको बोनस एकमुष्ट रुपमा लिने सकिने व्यवस्था कम्पनीले गरेको छ । यस्तै १० हजारदेखि १ लखसम्म बचतकर्तालाई १८ महिना पुगेपछि एकमुष्ट रकम उपलब्ध गराइनेछ । शेयर बचतकर्तालाई दशैँ तिहारमा रु. ५०० देखि १० हजारसम्मको सपिङ भौचर उपलब्ध गराउनेछ ।
शेयर होल्डरहरुले कुनै पनि घरायसी ईलेक्ट्रोनिक तथा फर्निचरको सामानहरु लिन चाहेको खण्डमा जिरो प्रतिशत डाउनपेमेन्टमा सामानहरु उपलब्ध गराउने प्रबन्ध निर्देशक सापकोटाले बताए । थप सम्पर्कका लागि 01-4025952 नम्बरमा सम्पर्क गर्न सकिनेछ ।