समयमै अस्पताल नपुर्‍याउँदा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

बाँके । सर्पदंशबाट गम्भीर बिरामी बर्दिया बाँसगढी नगरपालिका–३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मङ्गलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो ।
जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदा ती बालकको मृत्यु भइसकेको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख सर्पदंश विज्ञ डा कृष्ण आचार्यले जानकारी दिए । “ती बालकलाई निकै विषालु गोमन सर्पल डसेको रहेछ, अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो”, डा आचार्यले भने, “अस्पताल ल्याउन ढिलाइ भएका कारण बिरामीको उपचार गर्न सकिएन ।”

यो वर्षको वैशाखदेखि भदौसम्म पाँच महिनामा भेरी अस्पतालमा उपचारका लागि पु¥याएकामध्ये बाटोमै छ जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पताल पु¥याएको डा आचार्यले बताए ।

उनका अनुसार पाँच महिनाको अवधिमा भेरी अस्पतालमा चार सय २० जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । सर्पदंशबाट उपचारकै क्रममा यो अवधिमा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । अहिले एक वार्ड र एक आइसियुमा गरी दुईजना सर्पदंशका बिरामी भेरी अस्पतालमा उपचाररत रहेका छन् ।

डा आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पु¥याए बिरामीको ज्यान जोगिने बताए ।

सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने अस्पतालमा ल्याउन उनको सुझाव छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले ८० प्रतिशत बिरामी अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार