-अशिम तामाङ
काठमाडौँ । गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए एलसीसी) माल्टाको गोजोमा प्रथम हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।
जो सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् माल्टाका महिला उपाध्यक्ष सबनम गुरुङ , विशिष्ट अतिथिहरु उपाध्यक्ष मधु गुरुङ , उपाध्यक्ष प्रेम फम्बो लिम्बु,उपाध्यक्ष सत्यनारण झा, एनआरएनए युरोप युवा संयोजक पदका उम्मेदवार प्रकाश भण्डारी, सफल व्यवसायी जिके शर्मा, मगर समाज माल्टाका अध्यक्ष रमन थापा मगर, तामाङ समाज माल्टाका महासचिव अशिम तामाङ, गैर आवासिय नेपाली संघ क्षेत्रिय संयोजक विशाल बगाले सदस्य सचिब सुनिल घले संरक्षक एबम कार्यक्रम संचालक शैलेन्द्र लामिछाने,सल्लाहकार रेशमा राई पराजुली कोषाध्यक्ष बिकाश अधिकारी लगायतको सम्पूर्ण सदस्यहरु लगायतको उपस्थित थियो। यस्तै सामाजिक अभियान्ता हरि बिसी र सफल व्यवसायी सन्तोष पाठक अन्य सदस्यहरु , कष्ण भण्डारी,आर्जुन फोम्बोको पनि उपस्थिति थियो।
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको अध्यक्ष रेमलाल खनालले हरितालिका तीजको अवसरमा सम्पूर्ण माल्टाबासी नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।