फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

गोदावरी । कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ ।

एसियाली विकास बैंक ९एडिबी० को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिए ।

उनका अनुसार दुई वर्षभित्रै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वर्ष पुस महिनामा रु ९६ करोड ८२ लाख ३९ हजार छ सय ४६ मा सो चिनियाँ कम्पनीसँग सम्झौता भएको हो ।

सो केन्द्र निर्माणस्थलमा झण्डै दुई हजार रुख काट्नुपर्ने देखिएको छ । रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० समेत स्वीकृत भइसकेको जनाइएको छ । गत फागुन १५ गते इआइए स्वीकृत भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले जनाएको छ । तर केन्द्र निर्माणको काम अलपत्र परेको छ ।

रूख कटान अनुमतिका लागि प्रतिवेदन वन मन्त्रालयमा बुझाइसकिएको आयोजना कार्यालयले जनाएको छ । फोहरमैला व्यवस्थान केन्द्र बनाउन २२ हेक्टरमा करिब दुई सय बिरुवा काट्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर कलौनीको भनाइ छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार