तीज कार्यक्रमका लागि गायिका रिता केसी माल्टामा

उज्यालो प्रतिनिधि २८ भाद्र २०८०, बिहीबार कला/साहित्य

काठमाडौँ । गैर आवसीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् माल्टाले नेपाली पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको तीज मिलन, दर खाने कार्यक्रम तथा अतिथि सम्मान कार्यक्रमको लागि गायिका रिता केसी माल्टा पुगेकी छिन्।
केसीलाई स्वागत गर्न एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङ, आईसिसी सदस्य नवीन गिरि, महिला उपाध्यक्ष सबनम गुरुङ, महिला संयोजक धनु लामा सहकोषाध्यक्ष सुबास तिम्ल्सिना पुगेका थिए।

कार्यक्रम यही सेप्टेम्बर १६ तारिख शनिबार साँझ छ बजेदेखि १० बजेसम्म सेन्त्रु फेमिलिजामा हुनेछ। कार्यक्रममा महिलाहरुका लागि प्रवेश निःशुल्क छ भने पुरुषका लागि ५ युरो तोकिएको छ। कार्यक्रममा माल्टाबासी नेपाली आमाबुवा ,दाजुभाइ, दिदिबहिनी विभिन्न संघ सस्थाका प्रतिनिधि ,बुद्धिजिवी ,व्यवसायी लगायत सबैलाई उपस्थितिका लागि आयोजक संस्थाले अनुरोध गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार