बैतडीमा अज्ञात समूहले गर्‍यो विद्यालयमा आगजनी

उज्यालो प्रतिनिधि २८ भाद्र २०८०, बिहीबार समाचार

बैतडी । बैतडीको एक विद्यालयमा आगजनी गरिएको छ । दशरथचन्द नगरपालिका–६, थालिगडास्थित कालिका माविमा अज्ञात समूहद्वारा आगजनी गरिएको हो ।कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको थियो ।

“बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए,” उनले भने, “आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायत महत्त्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।”

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिइएको विद्यालयले जनाएको छ ।

यस्तै, विद्यालयनजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा चोरी गरिएको छ । पसलबाट नौ हजार ३०० रुपैयाँबराबरको सामानको चोरी भएको छ ।

विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार