कुशे औँसीका दिन जेष्ठ नागरिक सम्मानित

शिवु खनाल २८ भाद्र २०८०, बिहीबार समाचार

देउखुरी । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । तर दाङमा कुशे औँशीको अवसरमा दुईजना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ कमानपुर टोल विकास संस्थाले सोही वडा निवासी ७४ वर्षीय धनबहदुर घर्ती मगरलाई कुशे औँशी र ८६ वर्षीय चुनकी चौधरीलाई हरितालिका तिजको अवसरमा टोल विकास संस्थाले सम्मान गरेको संस्थाका अध्यक्ष तिकलराम चौधरीले जानकारी दिए ।

उनका अनुसार गाउँका स्थानीयहरुले नागरिकता र प्रमाणपत्रको आधारमा उनले दुबैजना जेष्ठ नागरिकलाई छनोट गरि सम्मान गरिएको हो । दुबैजना जेष्ठ नागरिकलाई दोसल्ला तथा ढाका टोपी लगाएर सम्मान गर्दै, बुवाआमा नभएका र टाढा भएकाहरुले ती दुई जेष्ट नागरिकलाई टिका लगाई खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै मुख हेरेर कुशे औँसी मनाएको स्थानीय समाजसेवी मिना गुरुङ्ले जानकारी दिए ।

No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार