सिमसार क्षेत्र संरक्षणमा चुनौती

शिवु खनाल २७ भाद्र २०८०, बुधबार समाचार

देउखुरी । हाम्रै वरपर देखिने वा भेटिने थुप्रै दृष्यहरुमध्ये ओसिलो, धापिलो, थलथले, दलदले, पानी जमिरहने वा कहिल्यै पानी नसुक्ने जमिनको क्षेत्रलाई बोलीचालीको भाषामा सिमसार भनिन्छ। अझ सरल भाषामा भन्दा जहाँ पानी कहिल्यै सुक्दैनन् र जमिन लुक्दैनन् । अजम्मरी सामुदायिक वन क्षेत्रभित्र रहेका सीमसारलाई व्यवस्थित गरिने भएको छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित बसपार्कदेखि उत्तरतर्फ सामुदायिक वनभित्रका सीमसार व्यवस्थापनका लागि अजम्मरी सामुदायिक वन उपभोक्ता समूह अग्रसर बनेको छ ।

 

वन क्षेत्रभित्र दुई हेक्टर क्षेत्रफलमा फैलिएको सीमसारलाई व्यवस्थित गर्नका लागि पहिलो चरणको काम भइरहेको सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले बताए । उनका अनुसार सीमसार क्षेत्रलाई व्यवस्थित एवं प्रबद्र्धनका लागि पहिलो चरणमा सरसफाईको काम अगाडि बढिरहेको बताए । पुरिएका प्राकृतिक खाल्डोलाई सरसफाई गरी पोखरी बनाउने कार्य भइरहेको उनले बताए । ‘पानीको स्रोत राम्रो भएकाले हामी उत्साहित छौँ, उनले भने,–। ‘सीमसार व्यवस्थापनका लागि खर्च गर्ने योजना छ । सीमसार व्यवस्थापनका लागि सामुदायिक वनले आफ्नो वार्षिक बजेटको केही रकम खर्च गर्ने योजना रहेको छ । हाल ऋण खोजेर सीमसार क्षेत्रको सरसफाई भइरहेको छ ।

 

सीमसार व्यवस्थापनका लागि भु–तथा जलाधार कार्यालयबाट केही आवश्यक बजेट माग गरिएको छ । पर्याप्त स्रोत र साधान उपलब्ध भए यही आर्थिक वर्षभित्र पर्यटकका लागि सीमसार खुल्ला गरिने सीमसार सामुदायिक वनका अध्यक्ष रिजालको भनाई रहेको छ । पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ सामुदायिक वनमा अवस्थित यो सीमसारमा विभिन्न प्रजातिका जंगली जनावर तथा कछुवा, अजिंगर पाइने गरेका छन् । सालको रुख बढि भएको यो सीमसारलाई संरक्षण र प्रबद्र्धनका लागि गुरुयोजना तयार गर्ने योजना बनाइएको छ । यता डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले सिमसार क्षेत्र तत्काल संरक्षण गर्न आवश्यक रहेको बताए । उनले सिमसार क्षेत्रको संरक्षणको कमीका कारण राष्ट्रिय रुपमा विभिन्न प्रजातिका वन्यजन्तु तथा चराको बासस्थान, लोपोन्मुख स्तनधारी जनावरको बासस्थान खतरामा पर्ने सक्ने बताए ।

सिमसार क्षेत्रको संरक्षणका लागि युवापुस्तामा जागरण, सार्वजनिक संस्था, स्थानीय, निजी क्षेत्र, शिक्षक, वैज्ञानिक र सिमसार क्षेत्र संरक्षण अभियानकर्ता एक हुनुपर्ने अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताए । यस्तै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी(सागर)ले सिमसार क्षेत्रको संरक्षणमा आफु लागि परेको बताए । स्थानीय सरकार संरक्षणमा लागि परेको उनको भनाइ थियो । वडा क्षेत्रभित्र रहेका सिमसार क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि आफु लाग्ने प्रतिबद्वता उनले व्यक्त गरे । यता लमही नगरपालिकाका इञ्जिनियर सौगात वलीले सिमसार क्षेत्रको महत्व जनमानसमा पु¥याउन नसक्दा संरक्षणमा चुनौती थपिएको बताए । सिमसार क्षेत्रको प्रदूषण नियन्त्रण र सरसफाइलाई ध्यान दिन सकेमा मात्रै संरक्षणा गर्न सकिने उनको भनाइ थियो । उनले स्थानीय तहमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी ज्ञानको अभावका कारण समस्या थपिँदै गएको बताए ।

नगरपालिकाद्धारा सिमसार क्षेत्रको अवलोकन

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विधिता ग्रिनपार्क भित्र निर्माणधिन संरचना र सिमसार क्षेत्रको निरिक्षण गरिएको छ । बुधवार लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसार श्रेष्ठको नेतृत्वमा इञ्जिनियर लगायतको टोलीले पार्कको स्थलगत निरिक्षण गर्दै बजारकै मुटुमा रहेको पार्कलाई थप उचित व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठले बताए । लमही नगरपालिका आफैँले पार्क व्यवस्थापनका लागि कामकाज अघि बढाएको छ । पार्कलाई बच्चादेखि वृद्धसम्मका मानिसलाई अवलोकनकर्ता बनाउने योजना अघि सारेर पार्क व्यवस्थापनमा लमही नगरपालिका कस्सिएको छ ।
त्यसैगरी बाढी र मानव अतिक्रमणका कारण वन्यजन्तुको आहारको हिसाबले अति नै महत्वपूर्ण मानिएको सिमसार क्षेत्र घट्दै गएपछि त्यसको अवस्था बुझ्न नगरपालिकाले सामुदायिक वनको सिमसार क्षेत्रको अवलोकन गरेको हो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठ, इञ्जिनियर सौगात वली, पशु शाखा प्रमुख शिवराज न्यौपाने, स्टोर शाखा प्रमुख हरि रावत, सव–इञ्जिनियर भिमकान्त भण्डारी, असिष्टेनसव–इञ्जिनियर विनय यादव लगायतलाई सिमसार क्षेत्रको अवलोकन गराएका थिए । साथै सिमसार क्षेत्रको अवलोकन पछि सिमसार क्षेत्रको अवस्था र संरक्षणको लागि गर्नुपर्ने कामहरुको वारेमा महत्वपूर्ण छलफल गरिएको थियो ।

किन आवश्यक छ सिमसार ?

सिमसार जैविक तथा अजैविक हिसाबले महत्वपूर्ण छ । उदाहरणको लागि पिउने पानी, खाद्यान्नको आपूर्ति, इन्धनलगायत लुगाफाटको आपूर्ति, सांस्कृतिक सम्पदाको स्रोत, स्थलीय तथा जलीय वृहत पारिस्थितिक प्रणालीको गतिशील पक्ष, जैविक विविधताको वासस्थान, जलवायु परिवर्तन प्रभाव न्यूनिकरण गर्ने एक संरचना लगायतलाई लिन सकिन्छ । मानिसलाई दैनिक रुपमा आवश्यक पर्ने ताजा पानीको प्रमुख स्रोत सिमसार हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार