कच्ची घरको अभिलेखीकरण गर्दै माडी नगरपालिका

उज्यालो प्रतिनिधि २७ भाद्र २०८०, बुधबार समाचार
चितवन  । माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो । यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, जग्गाधनी प्रमाण पुर्जा र दुई प्रतिफोटो बुझाउनुपर्ने उनले जानकारी दिए ।  ऐलनी जमिनमा बनेका घरहरुको हकमा भने जग्गाधनी प्रमाण पुर्जाबाहेक अन्य कागजात पेस गर्नुपर्ने पौडेलले बताए । उनका अनुसार विकास निर्माणदेखि सबै कुरामा सहजताका लागि अभिलेखीकरण सुरु गरिएको हो । उनले भने, “साउनको अन्तिम साता र भदौको पहिलो सातामा गाउँगाउँमा कर सचेतना अभियान गरेका थियौँ, त्यही क्रममा अभिलेखीकरण गर्नुपर्छ भन्ने सन्देश गाउँमा पु¥याइएको थियो । सो कार्यान्वयनका लागि अभियान सुरु गरिएको हो ।”
नगरपालिकाको राजस्व सङ्कलन कार्यलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै कच्ची घर अभिलेखीकरणको कार्यक्रम अगाडि बढाइएको पौडेलले बताए । खर तथा खपेटा छाना एवं बाँसको बार भएका घरका लागि रु पाँच सय तथा टिनको छाना एवं पिल्लर नउठाइएको घरका लागि रु एक हजार राजस्व लिई कच्ची घर अभिलेखीकरण गरिने उनले जानकारी दिए । पिल्लर उठाइएका घरको नक्सा पास गर्नुपर्ने छ । अभिलेखीकरण गरिएका घरहरुमा कुनै विपत् परेमा समेत राहतका लागि र नगरपालिकाबाट पाउने अन्य सेवासुविधाका लागिसमेत सहज हुनेछ । माडीमा ५० प्रतिशतभन्दा बढी कच्ची घर रहेका छन् । ती घर सबैको अभिलेखीकरण गरिने छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार