सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

उज्यालो प्रतिनिधि २७ भाद्र २०८०, बुधबार अर्थ

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाली बजारमा आज २ सय रुपैयाँले सुन बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन पनि छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

कारोबारका अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार ४०५ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३९० रुपैयाँमा कायम भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार