सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरधुरी लाभान्वित

उज्यालो प्रतिनिधि २६ भाद्र २०८०, मंगलवार समाचार

गोरखा । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब चार सय ४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ । सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

आयोजना निर्माण विसं २०७३ देखि सुरु भएको थियो । यस आयोजनाबाट लक्ष्मीबजार, शिखर, पदेलडाँडा, चिसापानी, डाँडागाउँ र मार्चुगाउँमा खानेपानीको सुविधा पुगेको सिद्ध बागेश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिए ।

“आयोजनाबाट अहिलेसम्म चार सय ४२ घरधुरीमा खानेपानी धारा जडान गरी पानी वितरण गरिसकिएको छ”, उनले भने, “करिब पाँच सय घरधुरीमा खानेपानी वितरण गर्ने आयोजनाको लक्ष्य रहेको छ ।”

शहिद लखन गाउँपालिका वडा नम्बर १ स्थित सोती खोलाबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर उपभोक्तालाई वितरण गर्न सुरु गरिएको हो । “मूलबाट तीन ठाउँमा लिफ्टिङ ट्याङ्की निर्माण गरी उपभोक्तालाई आयोजनाले खानेपानी वितरण गर्दै आएको छ”, उनले भने, “मूलबाट डिप्लिङ खोरियामा एक लाख ५० हजार, रातोमाटेमा एकलाख र मुख्य वितरण गर्ने शिखरआहाल डाँडामा दुईलाख लिटरको ट्याङ्की निर्माण गरी पानी वितरण गरिएको हो ।”

आयोजना निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु दुई करोड ८४ लाख ७१ हजार पाँच सय ५५ खर्च भएको अध्यक्ष कुँवरले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार