माल्टाबाट संकलन गरी पठाएको सहयोग रकम अपांग एकता आवाज केन्द्रलाई हस्तान्तरण

उज्यालो प्रतिनिधि २४ भाद्र २०८०, आईतवार उज्यालो फोकस

काठमाडौं । संयुक्त अपांग एकता आवाज केन्द्रका अनाथ बालबालिकाका लागि वैदेशिक रोजगारीका सिलसिलामा माल्टामा रहेका युवाहरुले संकलन गरी पठाएको रकम हस्तान्तरण भएको छ ।

माल्टाबाट छेसाङ लोप्चन (अशिम), एलिस राज सन्जेल, तेज विक्रम खड्का, सन्तोष पाठक, र पासाङ रुम्बाले संकलन गरी पठाएको रु. १ लाख ७५ हजार रुपियाँ सहयोग रकम पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वज)ले एक कार्यक्रमका बीच हस्तान्तरण गरे । यो रकम अशिम लोप्चनको नेतृत्वमा संकलन भएको हो ।

केन्द्रका अध्यक्ष तिल बहादुर कार्कीलाई पूर्वमन्त्री दोङले उक्त रकम हस्तान्तरण गरेका हुन् । संस्थामा ५७ जना अनाथ बालबालिका छन् । सहयोग गर्ने व्यक्तिहरुलाई उनीहरुका नजिकका आफन्तमार्फत् केन्द्रले प्रशंसापत्र र मायाको चिनो समेत प्रदान गरे ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै दोङले संस्थाको वृहतर विकास र स्थायीत्वका लागि आफूले गर्नुपर्ने साथ सहयोग गर्ने वचन दिए । उनले संस्थालाई रु. ५ हजार सहयोग समेत हस्तान्तरण गरे ।

त्यसैगरी अखिल क्रान्तिकारीका केन्द्रीय नेता दुधराज लामाले संस्थाको उज्जवल भविष्यको कामना व्यक्त गर्दै रु. ३ हजार सहयोग हस्तान्तरण गरे । पूर्व कानुनमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका प्रेस संयोजक समेत भइसकेका बुद्ध लोप्चनले आफूहरुले सकेको आर्थिक भौतिक लगायतका सहयोग गर्न आफूहरु सदैव तयार रहेको बताए ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एचबी ताम्राकारले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार