देउखुरी । देउखुरीको जखेरातालमा पचास हजार माछाका भुरा छाडिएको छ । आइतवार जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठान समितिले रहु, नैनी, ग्रासकार्प, विगहेड, कमन लगायत विभिन्न जातका पचास हजार माछाका भुरा जखेरातालमा छाडेको हो । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका सदस्य केशवराज पोख्रेलले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातको माछा छाड्ने कार्यक्रम गरिएको बताए । समितिमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने मुख्य उदेश्यले माछापालन सुरु गरिएको छ । माछा विक्रिबाट आम्दानी लिईसकिएको छ भने समिति व्यावसायिक तथा पर्यटन प्रवर्द्धन उत्पादनको लागि अग्रसर भएको छ ।
खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउनेलगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी तालमा आश्रित समुदायको जीवनस्तर विकासका लागि यस्तो गरेको उनले बताए । समितिले यसअघि जखेरातालमा करिब एक लाख भुरा छोडेको थियो भने समितिले गत आर्थिक वर्षमा तालबाट माछा विक्रि गरि करिब छ लाख आम्दानी समेत गरेको थियोे । उत्पादनको हिसाबले केही कम हो । जुन हिसाबले हुनुपर्ने हो त्यस अनुरुप भएको छैन । तालमा ग्रासकार्प, कमन, रघु, नैनी लगायतका माछा छन् । तालको क्षेत्रफल करिब ७ विघा छ । शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका सह(अध्यक्ष रविध्व थापाले भने, जखेरातालमा तालमा पनि पर्यटन प्रवर्द्धन तथा व्यावसायिक उत्पादन सुरु गरिएको छ । तालमा बढीजसो जालो र गहिरो भएकोले जाल थाप्न सहज छैन । यस वर्षदेखि व्यावसायिक रुपमा माछाको उत्पादन हुन्छ । गतवर्ष ट्रायलमा निकाल्यौं ।’
चार वर्षको बिचमा तालबाट छ लाख बराबरको माछा विक्रि गर्न सफल भएका छौँ । तालमा जालो र गहिरो भएको कारणले जाल हाल्न समस्या हुँदा माछाको स्थिती कस्तो छ थाहा पानै मुश्किल भएकोले पनि उत्पादन लिन ढिलाई हुन पुग्यो । तालको जालो हटाउन समितिले विशेष गरी कपन कार्प, सिल्भर कार्प, विग हेड, नैनी लगायतका माछाका भुराहरु तालमा छाड्दै गएको जनाएको छ । उनका अनुसार दुईदेखि तीन केजीसम्मको माछा जालमा परेको थियो । तालमा जेलिएको जालो सफा गर्दै तालको पानीको सतह बढाउँदै लगिएको छ ।
यता लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगिले नगरपालिकामा पनि माछा मारेर जिविका चलाउने गर्ने समुदाय रहेको भन्दै भविष्यमा यो कार्यले उक्त समुदायलाई सहयोग पुग्ने बताए । उनले वर्तमान समयमा खोला नालामा विभिन्न विद्युतीय उपकरणको प्रयोग र कलकारखानाबाट फालिएका विभिन्न केमीकलहरूले गर्दा खोलानालामा माछाको संख्या घट्न पुगेकाले सबै मिलेर यस्तो कार्य रोक्नुपर्ने बताए ।
समितिले समग्र जखेरातालको विकास र समृद्वि गर्ने मुख्य उद्देश्य बल्छीलाई खेलको रुपमा विकास गर्ने योजना बनाएको समितिका प्रथम उपाध्यक्ष रामसिंह खत्रीले बताए । उनका अनुसार बल्छीको मध्यमबाट माछा समाउने गरि खेलिने खेलको यो दाङको जखेरातालमा पहिलोपटक भएको बताउनुहुदैँ, समितिले माछा मार्ने भन्दा पनि संरक्षण गर्नमा बढि ध्यान दिने उनको भनाइ छ ।