स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

जालपा चिलाउने क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जान निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामी अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख बस्नेतले बताए । त्रियुगा नगरपालिकासहित संस्थागत सामाजिक दायित्व कार्यक्रमअन्तर्गत जनरल इन्स्योरेन्स कम्पनीको रु १५ लाख, माछापुछ्रे र बैंक, सानिमा बैंकको रु पाँच लाख र त्रियुगाको रु पाँच लाखमा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो ।

त्रियुगाका १६ वडामध्ये अहिलेसम्म दुर्गम पहाडी भेगका वडामा एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । ग्रामीण भेगको स्वास्थ्यचौकीमा उपचार सेवा प्राप्त गर्न आएका बिरामी र सुत्केरीलाई तत्काल अन्यत्र थप उपचारका लागि लैजान परे एम्बुलेन्स सेवा प्रभावकारी हुने भएकाले अधिकांश वडा र सो अन्तर्गतका स्वास्थ्यचौकी तथा प्राथमिक केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउँदै जाने नगरपालिकाको लक्ष्य छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार