आजको मौसम : देशभर सामान्य बदली

उज्यालो प्रतिनिधि २४ भाद्र २०८०, आईतवार समाचार

काठमाडौँ ।  हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

उनका अनुसार गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती, कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा पानी परिरहेको छ । उक्त वर्षा हल्कादेखि मध्यम खालको रहेको छ ।

यसैगरी आज रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाडौँमा आज दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताए।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार