शनिबार ज्ञानेश्वरमा ‘जस्टिस फर सारुक’ नारासहित प्रदर्शन हुने

उज्यालो प्रतिनिधि २२ भाद्र २०८०, शुक्रबार समाचार

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको मृत्युको निष्पक्ष अनुसन्धान गर्नुपर्ने भन्दै शनिबार ज्ञानेश्वरमा ‘जस्टिस फर सारुक’ नारासहित प्रदर्शन हुने भएको छ । प्रदर्शनका लागि आहृवान गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सारुकले न्याय पाउनुपर्ने, न्यायका लागि एक हुनुपर्ने, मृत्युको कारण सार्वजनिक हुनुपर्ने, घटना पारदर्शी हुनुपर्ने बताएका छन् । त्यो पोस्टलाई पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ लगायतले शेयर गरेका छन् ।

सोमबार बेलुका सारुककी आमा रुक्मिणीले फेसबुकमार्फत छोराको मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने र यथार्थ बाहिर आउनुपर्ने बताएकी थिइन् । सारुकको फोन डिटेल्सलाई पनि बाहिर ल्याउन उनले प्रहरी प्रशासनलाई अनुरोध गरेकी थिइन् । सारुकको मृत्युको झण्डै डेढ महिनापछि हालै बुवा तथा अभिनेता सानु ताम्राकारको पनि निधन भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार