तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

उज्यालो प्रतिनिधि २२ भाद्र २०८०, शुक्रबार अर्थ

काठमाडौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।  आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार