माओवादी विशेष रुपान्तरण अभियान लिएर जनताको घरदैलमा माओवादी

शिवु खनाल २१ भाद्र २०८०, बिहीबार समाचार

देउखुरी । नेकपा (माओवादी केन्द्र)का सबै नेताहरु गाउँ गाउँमा छन् । गत मंसिरमा संघ र प्रदेश सभा सदस्य निर्वाचनको चुनावपछि माओवादी अभियान नै लिएर पहिलो पटक गाउँ पसेको छ । गत शनिबार प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको देशभरमा एकैपटक उद्घाटन गरे । नेताहरु भने त्यसअघि नै गाउँ पुगिसकेका थिए । साउन तेस्रो साता काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले देशभरमा तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको थियो । माओवादीले यो अभियानलाई पार्टी सुदृढिकरणको अन्तिम परीक्षा समेत भनेको छ । पार्टी अध्यक्ष देखि शिर्ष सहित सबै नेताहरुलाई कार्यक्षेत्र तोकेर परिचालन गरिएको छ । नेताहरुलाई अन्तर प्रदेश, अन्तर जिल्ला र अन्तर पालिकामा परिचालन गरिएको छ । एक ठाउँका नेता अर्को ठाउँमा गएका छन् । यसबाट पार्टीको खास अवस्था बाहिर आउने माओवादीले अपेक्षा गरेको छ । यो अभियानलाई माओवादीले पार्टीको पुनर्जीवनका रुपमा लिएको छ ।

खस्कदै गइरहेको पार्टीको शाख जोगाउने र पार्टीलाई पुनः बलियो बनाउने गरी अभियान केन्द्रीत हुने नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले बताए । ‘विभिन्न कारणले माओवादी पार्टी कमजोर बन्दै गयो, त्यसको समिक्षा अब पनि नगर्ने हो भने पार्टी झनै कमजोर हुने निश्चित छ, अब हामी समिक्षा गर्छौं, उनले भने–। ‘तीन महिने अभियानले पार्टीलाई पुनः सशक्त बनाउनेमा हामी विश्वस्त छौं ।’ माओवादी कमजोर हुनुमा माओवादी नै दोषि रहेको छ ।’ ‘जनता कतै गएका छैनन्, उनीहरु हामीसंग रुष्ट छन्, त्यो हाम्रै कारणले हो, उनले भने । अब हामी आफु आफुबाट बदलिनुपर्छ, सबैभन्दा पहिला म बाट सुरु गर्नुपर्छ ।’ यता नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य नारायणी शर्मा (प्रतिक्षा)ले सारा व्यवस्था बदल्न माओवादीले नै योगदान गरेको, माओवादीकै एजेण्डामा देश चलेका कारण माओवादीका पक्षमा ठूलो लहर हुनुपर्नेमा हालिमुहाली भने अरु नै दलको हुनु माओवादीका लागि ठूलो दुर्भाग्य भएको बताए । अब माओवादी सच्चिनुपर्ने र पुनः माओवादीका पक्षमा लहर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । त्यसैका लागि यो अभियान रहेको उनले बताए ।

नेकपा (माओवादी केन्द्रका)प्रदेश कमिटी सदस्य तथा राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा संयोजक अमर कवर (नविन)ले संगठन विस्तार, जनवर्गिय संगठन निर्माण तथा पुनर्गठन, सदस्यता वितरण, नविकरण, जनभेटघाट, छलफलका साथै सरकारले गरेका राम्रा कामका बारेमा जनतालाई बुझाउने देखि जनताका समस्यामा पनि छलफल केन्द्रीत कार्यक्रमहरु गर्दै आएको बताए । उनका अनुसार अभियानप्रति जनताको सकारात्मक चासो देखिएको छ । ‘सरकारका कामकारबाहीबाट जनता आशावादी देखिएका छन्, देशमा केही गर्ने पार्टी माओवादी हो भन्ने जनतामा परेको छ, अभियान सुरुवातका क्रममा जनताको साथले पनि त्यसलाई पुष्टी गरेको छ, उनले भने,–। ‘यही रफ्तारमा सरकारले काम गर्ने हो र माओवादीहरुले सच्चिएर अघि बढ्ने हो भने माओवादीलाई ठूलो दल बन्नबाट कसैले रोक्न सक्दैन ।’

No description available.No description available.No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार