उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण

उज्यालो प्रतिनिधि २१ भाद्र २०८०, बिहीबार समाचार
काठमाडौँ ।    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
    नेकपा (एमाले) का सचेतक महेश वर्तौलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्वाहीका कारण भएको दाबी गर्र्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन् । उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिलाई मात्रै दोष दिन नमिल्ने बताए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार