‘अबको चुनावमा साझा पार्टीलाई निर्विकल्प बनाउन दिनरात लाग्छु’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३ आश्विन २०७६, शुक्रबार समाचार

गोरखा । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टीलाई निर्विकल्प बनाउन आफूहरु दिनरात लाग्ने र त्यसमा जनताको साथ चाहिने मिश्रले बताए ।

शुक्रबार साझा पार्टीको गोरखा जिल्ला संयोजक घोषणा सभामा मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताउदै उनले भने, ‘जसले मान्छे मा¥यो, जसले देशको दोहन ग¥यो, जसले जनताको जीवनस्तरमाथि जान दिएन,’ उनले भने, ‘त्यस्ताहरुलाई मत आउने छैन, अबको चुनावमा साझा पार्टी विकल्प होइन, निर्विकल्प हुन्छ ।’

उनले मुलुकको समृद्धिका लागि अहिलेको संविधान भत्काउन आवश्यक नरहेको मिश्रलभनाइ थियो । उनले भने, ‘असन्तुष्टि छ भने संशोधन गर्न सकिन्छ, संशोधन हुन सक्छ भन्ने व्यवस्था संविधानले नै गरेको छ ।’ दुईतिहाईको शक्तिशाली सरकारले पनि प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो ।

देश १५/२० वर्षमै रुपान्तरण गर्न सकिने विश्वास उनले व्यक्त गरे । ‘अहिलेको राजनीति परिवर्तन नगर्ने हो भने हामी मृत्यु शैड्ढयामा पुग्दा पनि यही हालत हुन्छ,’ संयोजक मिश्रले भने ।

साझा पार्टीले गोरखा जिल्ला संयोजक घोषणा गरेको छ । उक्त पार्टीको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले किशोर रेग्मीलाई गोरखा संयोजक घोषणा गरे । शुक्रबार गोरखाम आयोजित कार्यक्रममा साझा पार्टी संयोजक रवीन्द्र मिश्र र गण्डकी संयोजक भण्डारीले रेग्मीलाई माटोको टीका लगाई पार्टीको जिम्मेवारी सुम्पिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार