एजेन्सी – ओपनर तथा विकेटकिपर जोनी बेयरस्टोको उत्कृष्ट ब्याटिङका बाबजुद घरेलु टोली इंग्ल्यान्ड चौथो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएकोछ । योसँगै चार टि२० आई खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ ।
जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७।२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा युवा ब्याटर मार्क च्यापम्यान २५ बलमा ५ चौका र १ छक्कासहित ४० रनमा नट आउट रहे ।
ग्लेन फिलिप्सले २५ बलमा २ चौका र ३ छक्कासहित ४२, डर्याल मिचेल १४, फिन एलेन १६ र रचिन रविन्द्रले १७ रन बनाए । टिम सिफर्टले ३२ बलमा ६ चौका र २ छक्कासहित ४८ रनको योगदान दिए ।
इंग्ल्यान्डका स्पिनर रेहान अहमदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । ल्यूक वुडले २ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । त्यसअघि ट्रेन्ट ब्रिगेटमा टस जितेर पहिला ब्याटिङ जितेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।
इंग्ल्यान्डका जोनी बेयरस्टोले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । विल ज्याक्स १६, डेविड मलान र लियाम लिभिङस्टोनले समान २६ रनको योगदान दिए ।
न्युजिल्यान्डका मिचेल सान्टनारले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । ईश सोधीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । म्याट हेनरी र रचिन रविन्द्रले एक एक विकेट लिए ।
इंग्ल्यान्ड सुरुवाती दुई खेलमा ७ विकेट र ९५ रनले विजयी भएको थियो । न्युजिल्यान्ड तेस्रो खेलमा ७४ रनले विजयी भएको थियो । इंग्ल्यान्ड र न्युजिल्यान्डबीच अव चार टि२० आई खेल हुनेछ । पहिलो खेल ८ सेप्टेम्बरमा हुनेछ ।