काठमाडौं । माइजोगमाई गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले कार्यकक्षमै चुम्बन गरेको भिडिओ ‘लिक’ भएको छ ।
सिसिटिभीको निगरानीमा रहेको कार्यकक्षमा अधिकृत राईले चुम्बन गरेको भिडिओ ‘लिक’ भएको हो । आफ्नै कार्यकक्षमा एक महिला कर्मचारीले राईको हातमा स्पर्श गरिरहेको र गालामा चुम्बन गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि उनी विवादित भएका छन ।
केही समय अगाडि झापाको दमक नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको पनि यस्तै एक महिलासंग अश्लिल हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो ।
मदिराले लठ्ठ भएकी एक महिलाले सोही स्थानमा टिकटक लाइभ गरिरहेको समयमा निरौलाले महिलालाई अंकमाल गर्दै मस्त गरिरहेको भिडियो भाइरल भएको थियो । भाइरलपछि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बरण्डा शाखामा तानेको थियो ।
माईजोगमाई गाउँपालिकाका हाकिम राईको भने ड्युटीको समय एक महिलासंग अनैतिकता हर्कद गरेको भिडियो सिसिटिभि कैदपछि सार्वजनिक भएको हो । हामीले य िविषय राईसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् ।
राईले चुलाचुली गाउँपालिकाको प्रशासकीय अधिकृत हुदा पनि एक महिलालाई सेक्स्युल हेरेसमेन्ट गरेको आरोप लागेका थिए । केही राजनीतिक दलका नेता कार्यकर्ताहरुको मिलेमतोमा उक्त घट्ना गुपचुपमा टुङ्गाएका थिए ।