लोडसेडिङले समस्यामा क्याम्पस, मोबाइलको बत्ती बालेर पढ्छन् विद्यार्थी

उज्यालो प्रतिनिधि १९ भाद्र २०८०, मंगलवार शिक्षा

सिमकोट, (हुम्ला) ।  हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ ।

विद्युत जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाइ सञ्चालन गर्न मोबाइलको टर्च बाल्नुपर्ने अवस्था आइपरेको क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताए ।

हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ छ । बिहान ६ बजेदेखि  पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनु परेको उनले बताए ।

“यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ,” प्राध्यापक शर्माले भने, “आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र  विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ । क्याम्पसमा चारवटा कक्षा यसरी नै चल्दै आएका छन् ।”

सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोज्न नसकिएको क्याम्पस प्रमुख दीपक भण्डारीको भनाइ छ । वितरण केन्द्रलाई लोडसेडिङको समय तालिका हेरफेरका लागि अनुरोध गर्दा नसकिने जवाफ आएको उनले बताए । क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ ।

स्ववियुको निर्वाचनपछि क्याम्पसमा नियमित पठनपाठन भइरहे पनि अध्यारोका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गरे । शिक्षकलाई पनि पढाउन समस्या र आफूहरुलाई पढ्न समस्या भएको उनको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार