आज पश्चिम तराईमा विशेष पूजापाठ गर्दै तिनछठ्ठी पर्व मनाइँदैछ

उज्यालो प्रतिनिधि १९ भाद्र २०८०, मंगलवार समाचार
लुम्बिनी   ।    व्रतालु महिलाहरुले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्य लाभको कामनासहित यो पर्व मनाइरहेका छन् । यस पर्वलाई ‘हरछठ’ वा ‘ललहीछठ’ पनि भन्ने गरिन्छ । यो पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्ष ‘षष्ठी’ तिथिका दिन मनाइने गरिन्छ । यो दिन गाउँटोलका व्रतालुहरू एकै ठाउँमा भेला जम्मा भई घाँसे कुशमा गाँठो पारी पूजा आराधना गर्ने गर्छन् ।
हिन्दू धार्मिक परम्पराअनुसार दिनभरि निराजल व्रत बसी छोराको जीवनरक्षा तथा दीर्घायुको कामना गर्दै पलासको पात,  र महुवाको पातसहित कहिल्यै नजोतेको खेतमा उब्जेको तिन्नी चामल, महुवा र दही राखी पूजापाठ गर्ने गरिन्छ । यो व्रत आमाले छोराको सुस्वास्थ्य र दीर्घायुका लागि बस्ने गर्छिन् । व्रतालुहरु महिलाहरू दिनभरि निराजल व्रत बस्ने र तीनछठ्ठी  माताको महिमा सहितका गीतहरू गाउने तथा तीनछठ्ठी मातासँग  सम्बन्धित कथाहरू भन्ने र सुन्ने गर्दछिन् ।
व्रतका समयमा प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरु दही, महुवा, साग र तिन्नीको चामलको भात लगायतका सामग्री र फलफूल प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । यो व्रतमा महुवाको दातुनले दाँत सफा गरिन्छ ।
यसै तिथिमा भगवान् श्रीकृष्णका दाजु बलरामको जन्मोत्सव पनि मनाउने परम्परा रहेकाले खेतमा उब्जिएको वा हलो जोतेर उब्जाएको कुनै पनि खाद्यान्न खानु हुँदैन भन्ने मान्यता छ । हलो कृष्णका दाजु बलरामको अस्त्र भएकाले त्यसो गरिने गरेको पण्डित अजयकुमार मिश्रको भनाइ छ ।
व्रतालुहरूका लागि गाइको दूध, दही, घीउ वा त्यसबाट बनेको कुनै पनि परिकार खान मनाही छ, पण्डित मिश्रले भने, “त्यसैले व्रतालु महिलाहरू यो दिन बेलुका तालतलैयामा उब्जिएको केरमुआ सागरतिन्नीको चामल र पचहरको चावल खाने गर्छिन् । यो दिन महिलाहरू भैँसीको दूध, घीउ व दहीको प्रयोग गर्नुपर्छ  ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार