सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

उज्यालो प्रतिनिधि १९ भाद्र २०८०, मंगलवार अर्थ

काठमाडौ । आज (मङ्गलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको हो ।

सोमबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मङ्गलबार घटेर १ लाख १२ हजार ७ सय रुपैयाँमा झरेको छ भने सोमबार १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ घटेर १ लाख १२ हजार १ सय ५० रुपैयाँमा झरेको छ ।

यता, चाँदीको भाउ समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । सोमबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ४५ रुपैयाँ पर्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार