दसैंअघि मेलम्चीको पानी वितरण नहुने

उज्यालो प्रतिनिधि १९ भाद्र २०८०, मंगलवार फोटो समाचार

सिन्धुपाल्चोक । पछिल्लोपटक लगातार परिरहेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी मुहानको हेडवर्क्स गेग्रानले पुरेको छ।

आयोजनाको हेडवर्क्सअन्तर्गत काठमाडौं पानी पठाउने मुख्य स्थान १ नम्बर गेट र पानी खोल्ने तथा बन्द गर्ने ९ नम्बर गेट बाहिर बाढीले ढुंगामाटो ल्याई थुपारेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। ‘ढुंगा माटोले पुर्दा के कति क्षति भयो भन्नेचाहिँ वर्षात् रोकिएपछि मात्रै थाहा हुन्छ। अहिले मुहान क्षेत्रमा जानसक्ने अवस्था नै छैन,’ उनले भने, ‘प्राविधिकहरूले भनेअनुसार १५÷१६ मिटरको गेग्रान हेडवर्क्स र सुरुङक्षेत्र वरिपरि थुप्रिएको छ।’

बाढीले सडक र गोरेटो बाटोसमेत बगाएकाले आयोजनाका कर्मचारी हेडवर्क्ससम्म जान नसकेका श्रेष्ठले बताए। वर्षात् रोकिएलगत्तै प्राविधिकहरूको टोली पठाएर कति क्षति भयो र अब के गर्ने भन्ने योजना बनाइने उनले जनाए। कार्यकारी निर्देशक श्रेष्ठका अनुसार मुहानको अवस्थाबारे जानकारी लिन ड्रोनको प्रयोग गरिएको थियो।

ड्रोनले खिचेको भिडियोमा हेलम्बुको भ्रेमाथाङ आसपासबाट बाढीले बगाएर ल्याएको लेदो माटो र ढुंगा हेडवर्क्स वरपर थुप्रिएको देखिएको उनले जनाए। गेग्रानले हेडवर्क्स क्षेत्रमा क्षति बनाएको जानकारी मुख्य ऋणदाता एसियाली विकास बैंकलाई गराइसकेको आयोजनाले जनाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार