काठमाडौँ । नेपालको चर्चित रुटिन अफ नेपाल बन्द फेसबुक, इन्स्टाग्राम, थ्रेड्स जस्ता मुख्य सामाजिक सञ्जालमा प्लेटफर्ममा देखिन छोडेको छ ।
आइतबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्री लाभ भएको भन्दै गरेको रुटिन अफ नेपाल बन्दको पोस्ट विवादित समेत बनेको थियो ।शनिवार राति मेयर बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उक्त विषय सामाजिक सञ्जालमा चर्को बहसमा तानिएको थियो ।
रुटिन अफ नेपाल बन्दबाट गरिएको पुत्री लाभ सम्बन्धी गरेको पोस्ट बालेनलाई जोगाउनका लागि गरिएको लख कतिपयले काटेका थिए । रुटिन अफ नेपाल बन्द यसरी पहिलो पटक अचानक गायब भएको हो ।
रुटिन अफ नेपाल बन्द सधैंका लागि बन्द भएको हो वा अस्थायी रूपमा निष्कृय पारिएको हो भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ ।
रुटिन अफ नेपाल बन्दको फेसबुक पेजमा ४१ लाखभन्दा बढी फलोअर तथा ३७ लाखभन्दा बढी लाइक थियो । यद्यपि उक्त पेज नेपालकै सबैभन्दा धेरै इङ्गेजमेन्ट हुने मध्येको एक थियो ।