सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

उज्यालो प्रतिनिधि १८ भाद्र २०८०, सोमबार समाचार

महेन्द्रनगर । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् ।

आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन गरेका हुन । गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं सम्भावना बोकेका क्षेत्रको पहिचान र प्रचारप्रसारका लागि आफूले पैदल यात्रा थालेको जानकारी दिए ।

एक सय१७३ दिनमा ७७ वटै जिल्ला सदरमुकाम पुगेका पाध्याले यात्रामा सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको बारेमा प्यानरसहित हिँडेको बताए । “व्यक्तिगत लगानीमा यहाँका सम्भावना बोकेका क्षेत्र चिनाउने क्रममा धेरैले यात्राका क्रममा सुदूरका धार्मिक पर्यटकीय क्षेत्रको विषयमा चासो राख्थे ।” उनले भने, “खप्तड, बडिमालिकादेखि गोदावरी धामसम्मको प्रचार यात्राका क्रममा गरेँ ।”

पैदल यात्रामा निस्केका पाध्यालाई उनको गृह पालिका गौरीगङ्गा नगरपालिकाले रु बीस हजार सहयोग गरेको बताए । “यात्राका क्रममा हिँड्दै जाँदा खानपिन र बसोबासका लागि धेरै ठाउँमा सहयोग पनि भयो”, उनले भने, “सुदूरपश्चिम पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि पहल गर्नु आवश्यक छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार