फिनल्यान्डमा थानेश्वर गौतमको संगीत साँझ सम्पन्न

उज्यालो प्रतिनिधि १७ भाद्र २०८०, आईतवार समाचार

फिनल्यान्ड ।  नेपालका बहुचर्चित गजल गायक थानेश्वर गौतमको फिनल्यान्डमा कार्यक्रम सम्पन्न भएको छ ।फिनल्यान्डस्थित रबीनतोलाश्रीमा भएको उक्त सांगीतिक कार्यक्रम विशेष खालको बनेको थियो ।गायक थानेश्वरको साथमा फिनल्यान्डकी चर्चित गायिका माईया अनि फिनल्यान्डकै चर्चित गीतकार ,गायक संगीतकार तोम्मी कलेनियसले गीतार बजाएर साथ दिएका थिए भने अन्य फिनल्यान्डका चर्चित कलाकारहरुले ताल वादनमा साथ दिएका थिए।अझ रोचक कुरा त के थियो भने थानेश्वर गौतम संग फिनल्यान्डकी गायिकाले छूटनलाईपो रैछ क्यारे गीतमा आलाप सहित नेपाली गीत गाउदा दर्शकहरुको खूसीको सीमा थिएन उक्त प्रस्तुति सामाजिक संजालमा समेत अत्यन्त चर्चामा छ ,उनले गौतम संग चार पाँच नेपाली गीत गाएर साथ दिएकी थियीन भने फिनल्यान्डको भाषाका गीतहरु प्रस्तुत गरिन ।उक्त कार्यक्रममा फिनल्यान्डका चर्चित फिल्म निर्देशक समेत लगाएत फिनल्यान्डका र नेपाली संगीत पारखी फरक अनुभूति गरेर झूमेका थिए भने गायक गौतमले उनका चर्चित गीत गजलहरु प्रस्तुत गरेर नचाएका थिए।कार्यक्रम पुनम गुरूँङले शुरुमा संचालन गरेका थिए ।

नेपाली र फिनल्यान्डको फरक खालको कार्यक्रम आयोजना गर्न पाएको यो नौलो अनुभूतिको रूपमा खुसी व्यक्त गरेकि थियीन रबीनतोला श्रीकी संचालिका तारा भण्डारीले ।यस्तो फरक खालको कार्यक्रम पहिलो अनुभव भएको बताईन अब अर्को चोटी अझ फरक व्यवस्था सहित गर्ने समेत बताईन। थानेश्वर गौतम हाल आफनो यूके र यूरोपको संगीत यात्रामा अहिले फिनल्यान्ड छन भने अब पोर्चुगल,स्पेन ,बेल्जियम ,डेनमार्क देखी यूकेका विभिन्न देशहरुमा संगीत यात्रा रहेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार