काठमाडौं । गएराति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक्कासि फेसबुकमा अराजक स्ट्याटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिए ।
यसरी लेख्नुको कारण पुनः बञ्चरेडाँडामा फोहोर फाल्न सरकारले सहयोग नगरेको कारण लेखेको हुनुपर्छ भन्दै मेयर बालेन प्रति धेरैले सहानुभूति प्रकट गरे तर बास्तबमा त्यो आक्रोश आफ्नो श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेको भनेर लेखेको थाहा पाएपछि सबै चकित भए ।
अझै चकित त यतिबेला भयो लाखौं युवाहरूको विश्वास जितेका रुटिन अफ नेपाल बन्द नामको पेजबाट आज बिहान एक हप्ता अगाडि जन्मेको बालेनको छोरीको विषयमा बालेन र उनको श्रीमतीलाई बधाई दिएर सबैलाई भ्रमित पार्न खोजेका थिए ।
मेडिसिटी अस्पतालमा भदौ ८ गते बालेनको छोरी जन्मेकी थिइन । आमाको स्वास्थ ठिक रहेकाले ११ गते सोमबार श्रीमती सबिना काफ्लेको डिस्चार्ज भएको थियो । तर बच्चाको स्वास्थ्य भने अझै सुधारका क्रममा रहेकाले नवजात शिशुहरुको उपचार गर्ने कक्ष (एनआइसियु) मा राखिएको छ । बच्चालाई भेट्न काफ्ले आउजाउ गरिरहेका समय हिजो शनिबारको दिन सरकारी गाडि भएकोले सोधपुछ गरेका थिए ।
रुटिन अफ नेपाल बन्दले बालेन शाहको छोरी जन्मेको कुरा सार्वजनिक गरेपछि बालेनका समर्थकहरुले अपतकालिन समयमा सरकारी गाडी प्रयोग गरेको भनेर बालेनको बचाउ गरेका थिए तर त्यो भ्रम केही मिनेट पनि नटिकेपछि रुटिन अफ नेपाल बन्दले गल्ती सच्याएका छन् ।
भर्खरै विवाह गरेका उक्त पेजका मुख्य सञ्चालक भिक्टर पौडेल र रियाशा दाहाल घुम्नको लागि युरोप तिर रहेको मौका छोपी कुमार बेन लगायत बालेनका सचिवालय टिमले गलत सूचना दिई उक्त सूचना हाल्न लगाएको स्रोतले बताए ।
बालेनलाई निर्वाचन जिताउन मुख्य भूमिका खेलेका र हाल पनि मुख्य सहयोगी रहेका कुमार बेनले गलत सूचना दिएर बालेनलाई बचाउन खोज्दा रुटिन अफ नेपाल बन्दले गलत सूचना सार्वजनिक गर्न पुगेका थिए ।
केही दिन अगाडि कपनको खोला खोल्न मुख्य भूमिका खेलेको भन्दै मेयर बालेन शाहले बधाई दिएका महानगरका इन्जिनियर सुनिल लम्सालले सुरुमा छोरीको बुबा बनेकोमा बालेनलाई बधाई दिएका थिए ।