नवलपरासीमा दुर्लभ जातका अंजिगर सर्प फेला , नियन्त्रण लिने क्रममा वन रक्षक कर्मचारी घाइते

उज्यालो प्रतिनिधि १७ भाद्र २०८०, आईतवार समाचार

 

रबिन्द्र यादव
पश्चिम नवलपरासी ।  पश्चिम नवलपरासीको श्रीरामपुर टोलमा दुर्लभ जातका अजिङ्गर सर्प फेला परेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ श्रीरामपुर स्थित हरिजन टोलमा अंजिगर सर्प फेला परेको हो । जिउत चमारले आफ्ना घर पछाडि राखेको उखुको पातमा आइतबार ठुलो आकारको अजिङ्गर सर्प फेला परेको हो ।

करिब १० फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको बसहिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनार्दन यादवले जानकारी दिए ।

सो अजिङ्गर सर्पलाई सुस्ता-प्रतापपुर गाउँपालिका सब डिभिजन वन कार्यालय फेचुवा(बरवा) मा बुझाइएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाले जानकारी दिए ।

सुस्ता-प्रतापपुर गाउँपालिका सब डिभिजन बन कार्यालय फेचुवा बाट आएका टोलीले उक्त सर्पलाई नियन्त्रणमा लिन खोज्दा वन रक्षक रामप्यारे कोइरीलाई उक्त अंजिगर सर्पले दाहिने हातमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते वन रक्षक कर्मचारी कोइरीलाई उपचारका लागि त्रिवेणी स्थित सर्पदंश उपचार केन्द्रमा पठाइएको प्रहरीले जनाएको हो ।No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार