मधेसमा जसपाको विस्तारित बैठक बस्दै

उज्यालो प्रतिनिधि १७ भाद्र २०८०, आईतवार समाचार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार यही भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक राख्ने निर्णय गरेको थियो । विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीलाई जिम्मेवारी तोकेको छ ।

यसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेशकुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मलाकुमारी यादव र जितेन्द्रकुमार यादवले जिम्मेवारी पाएका छन् । यसैगरी सर्लाहीमा रामपृत पासवान र नीराकुमारी साह, रौतहटमा रामबाबुकुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशीलकुमार यादवलाई तोकिएको प्रकाशन विभाग बस्नेतले बताए ।

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, प्रदेश समितिका नेता, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, पालिका समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीलाई उपस्थित हुन भनिएको सो पार्टीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार