‘जनतासँग माओवादी रुपान्तरण अभियान’ उद्घाटनसँगै कांग्रेसका ४ जना माओवादी प्रवेश

उज्यालो प्रतिनिधि १६ भाद्र २०८०, शनिबार समाचार

काभ्रे । नेकपा (माओवादी केन्द्र)ले आजदेखि शुरु गरेको ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ उद्घाटनकै दिन कांग्रेसका ४ जना प्रवेश गरेका छन् ।

कांग्रेस परित्याग गरेर माओवादी प्रवेश गर्नेमध्ये २ जना कांग्रेसका क्रियाशील सदस्य हुन् । कांग्रेसका क्रियाशील सदस्य अतिमाया कामी र डम्बरबहादुर गुरुङ माओवादी प्रवेश गरेका हुन् । उनीहरु दुवैजना यसअघिका वडा सदस्यको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

यससँगै कांग्रेसकै मनकुमार बल लिलामाया विक माओवादी प्रवेश गरेका छन् । उनीहरु माओवादी केन्द्रका नेता दिपेश बानियाँले प्रवेश गराए । पार्टीका वडासचिव भरत लामाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य नर बहादुर थिङले राखेका थिए भने अध्यक्षता श्याम लोप्चनले गरेका थिए । कार्यक्रममा निसान मोक्तान लगायतले अभियानको सन्दर्भमा मन्तव्य राखेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार