विशेष रुपान्तरण अभियान जनसम्बन्ध सुदृढीकरणमा कोसेढुंगा सावित हुन्छ : पूर्वमन्त्री मोदी

उज्यालो प्रतिनिधि १६ भाद्र २०८०, शनिबार उज्यालो फोकस

उदयपुर । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता अमन लाल मोदीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जनसम्बन्ध सुदृढीकरणमा कोसेढुंगा सावित् हुने बताएका छन् ।

उदयपुर जिल्लाको बेलका र चौदण्डीगढी नगरपालिका विभिन्न वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गर्ने क्रममा पूर्वमन्त्री मोदीले यस्तो बताएका हुन् । माओवादी केन्द्रले आजबाट थालेको ३ महिने अभियानको देशका सबै वडामा एकैसाथ उद्घाटन भएको छ ।

‘जनताको आकांक्षा र चाहना बमोजिम विकास निर्माण र सुशासनमार्फत् मुलुकलाई समृद्धिको बाटोमा डो¥याउन सक्ने तागत माओवादीसँग मात्रै छ’ उनले भने, ‘संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, लगायतका एजेण्डालाई माओवादीले संविधानमार्फत् संस्थागत ग¥यो, अब जनताको जीवन बदल्ने संकल्पका साथ हामी आएका छौँ ।’

जनताको सुख दुखमा माओवादी सदैव सँगै रहने बताउँदै मोदीले थपे, ‘जनता र माओवादीबीच विशिष्ट खालको सामीप्यता छ, त्यो सामीप्यतालाई अझ प्रागाढ बनाउनका लागि हामी जनताको घरदैलोमा आएका छौँ ।’

मोदीले परिवर्तित उपलब्धिका रक्षा र व्यवस्थालाई बलियो बनाउनका लागि पनि माओवादी केन्द्र सुदृढ हुनुपर्नेमा जोड दिए । त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहने उनको भनाई थियो ।

बेलका र उदयपुरका विभिन्न वडामा कतै कोणसभा, कतै भलिबल प्रतियोगितामार्फत र सहिद बेपत्ता तथा सामाजिक व्यक्तित्वलाई सम्मान गर्दैै अभियानको उद्घाटन भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार