बहराइनले नेपाललाई जितका लागि दियो ३२ रनको लक्ष्य

उज्यालो प्रतिनिधि १५ भाद्र २०८०, शुक्रबार समाचार
काठमाडौँ  ।      आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन भने खुसी डङ्गोलले दुई विकेट लिइन । त्यस्तै कविता कुँवर, पुजा महतो  र रुविना क्षेत्रीले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार