चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउछ : प्रदेश प्रमुख गुरुङ

उज्यालो प्रतिनिधि १४ भाद्र २०८०, बिहीबार गण्डकी प्रदेश
गण्डकी   ।   गण्डकी प्रदेश प्रमुख  पृथ्वीमान गुुरुङले हाम्रा विभिन्न चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । जनै पूर्णिमाको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश रहेको बताउँदै उनले विभिन्न जाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गदै  आपसी सद्भाव प्रगाढ बनाएको बताए ।
यस्ता चाडपर्वले समुदायबीच सद्भाव कायम राख्दै साँस्कृतिक, आर्थिक र सामाजिक रुपमा एकीकृत बनाउने र राष्ट्रिय एकतालाई अझ मजबुद बनाएको सन्देशमा उल्लेख छ ।
उत्साह र उमङ्गका साथ विभिन्न समुदायले खुशीयालीस्वरुप मनाउने यस पर्वले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको बताउँदै उनले मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्परा अनुसार मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने परम्परा रहेको उल्लेख गरे ।
तागाधारी समुदायले मात्रै नभइ यो पर्वलाई विभिन्न समुदायले धुमधामका साथ मनाउने र समुदायपिच्छे यसलाई फरक–फरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा रक्षाबन्धन भएकाले यसको अत्यन्त ठूलो महिमा रहेको सन्देशमा भनिएको छ । नेवारी समुदायले श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने र बौद्ध धर्मावलम्बीले आजको दिनलाई भगवान् गौतम बुद्धले काम शक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गरिएको सन्देशमा उल्लेख छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार