पाल्पा दुर्घटना : मृतकको पहिचान खुल्यो

उज्यालो प्रतिनिधि १३ भाद्र २०८०, बुधबार समाचार
रामपुर   ।    स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार ३२ वर्षीय यमबहादुर बोहोरा, गुल्मीकै रेसुङ्गा नगरपालिका–७ बस्ने ५० वर्षीय मनकलाचुदारा, कास्की पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ३१ वर्षीय विनोद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए  ।
सडकमाथिबाट खसेको सुक्खा पहिराले स्कारपियो पुरिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । गाडीमा सवार अन्य आठजना घाइते भएका छन् । अहिले घाइतेहरूको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नंकोे जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिराले आज बिहान करिब साढे ८ बजे पुरिएर दुर्घना भएको रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताउनुभयो । दुर्घटनाका सम्बन्धमा अहिले अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार