बौद्ध । तामाङ समुदायका महानायक अमिर दोङ र नायिका सुस्मा मोक्तान अभिनित मितेरी वाइबाको मनले खाने च्याङ्बा बोलको गीत बजारमा आएको छ ।
बौद्धस्थित जिएफसी क्याफेमा पत्रकार सम्मेलन गरि उक्त गीत सार्वजानिक गरेका हुन । नायिका सुस्मा मोक्तानले आफु यो प्रोजेक्टमा निकै खुशी रहेको र दर्शकले मन पराउनुहुनेछ भन्ने कुरा ढुक्क रहेको समेत बताए । समुदायमा चर्चा कमाइसकेका दोङ्ले मितेरी वाइबाको साङ्गितिक यात्रा सफलताको कामना गर्दै दर्शकको राम्रो प्रतिकृया आउनेमा विश्वास रहेको बताए ।
मितेरी वाइबाको आवाज,सन्जिव वाइबाको शब्द,सङ्गित रहेको गीतलाई फनिन्द्र राइले सङ्गित संयोजन गरेका हुन । भिडियोलाई महानायक स्वयंले निर्देशन गरेका हुन ।
भिडियो यहाँ क्लिक गरी हेर्न सक्नुहुनेछ ।
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/ihLHcwKNpHE” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>