डेङ्गी रोकथामका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण

उज्यालो प्रतिनिधि १२ भाद्र २०८०, मंगलवार समाचार
काठमाडौँ  ।    पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेङ्गी रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्नुहुँदै कार्कीले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग मुलुकभर फैलिएको र आतङ्क सिर्जना गरेको बताए । अहिले ज्वरोको लक्षण देखिएर अस्पताल जाने ७० प्रतिशतमा डेङ्गीको सङ्क्रमण पुष्टि हुने गरेको उनको भनाइ छ ।
“अहिले डेङ्गी रोगले देशभर आतङ्क सिर्जना गरेको छ । यो रोग निवारणका लागि समुचित प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहान्छु”, कार्कीले संसद्मा भने, “जटिल अवस्थामा पुगेका बिरामीलाई विशेष अस्पतालको प्रबन्ध गरेर उपचार थालियोस् ।” औषधि र स्वास्थ्य सामग्रीको अभावका कारण बिरामीले उपचार पाउन नसकेको बारे पनि कार्कीले सरकारको ध्यानाकर्षण गरे।
अहिले सुनसरी जिल्लामा मात्र १४ हजार दुई सय ६४ जना डेङ्गी रोगीका सङ्क्रमित रहेको र त्यहाँ डेङ्गीबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेकाले यो विषयमा गम्भीर हुनुपर्ने उनको जोड दिनुभएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार