सेनाको हेलिकोप्टरमार्फत दुई जनाको उद्धार

उज्यालो प्रतिनिधि १२ भाद्र २०८०, मंगलवार समाचार

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अक्सिजन अभाव भएपछि बिरामी भएका उनीहरुलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सोमबार बडिमालिकाको त्रिवेणीधाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए–०६१ बेलको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए।

लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ भने धामीको जिल्ला अस्पताल बाजुरामा उपचारपछि घर फर्काइएको छ ।

बडिमालिकाको दर्शनका लागि गएका तीर्थयात्री न्यौपाने सोमबार दिउँसो २ः४५ बजे त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिनुभएको थियो । उनीलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजनसहित प्राथमिक उपचारपछि आज सुर्खेत पठाइएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ ।

घाइते भएर बेहोस भएका न्यौपाने बर्बराउने र बेला–बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुर्खेत पठाइएको गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए । सोमबार उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बडिमालिकाको त्रिवेणीधाममा गएको भए पनि मौसम खराबीका कारण मार्तडीमा राखिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार