कञ्चनपुरमा डेंगी संक्रमणबाट युवकको मृत्यु

कञ्चनपुर । डेंगी रोगको संक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–८, पचुँइका २८ वर्षीय हिक्मत खत्रीको गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार खत्रीको उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।

एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।भारतमा डेंगीको संक्रमण भएको वा यहाँ फर्किएपछि भएको बारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।

डेंगी सार्ने लामखुट्टेका लार्भा र फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार