विदेशमा रहेका नागरिकका लागि उत्तर कोरियाको सीमा खुला

उज्यालो प्रतिनिधि ११ भाद्र २०८०, सोमबार विश्व

सियोल (एएफपी) । महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके)ले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको छ ।

महामारीविरोधी सीमा नियन्त्रणका उपायहरूलाई विश्वका अन्य मुलुकहरूले यस पहिले नै सहज बनाइसकेका छन् ।

“विदेशमा रहेका नागरिकलाई स्वदेश छिर्न सहज बनाउने यो एक प्रमुख कदम हो,” अधिकारीलाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था ९केसीएनए० ले आइतबार जनाएको छ ।

राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले शनिबार एक घोषणा जारी गर्दै विश्वव्यापी महामारीको अवस्थालाई ध्यानमा राख्दै विदेशमा रहेका उत्तर कोरियाली नागरिकहरुलाई ‘घर फर्कन अनुमति दिइएको’ बताएको छ ।

स्वदेश फर्केकालाई एक सातासम्म क्वारेन्टिनमा राखेर उचित चिकित्सकीय निगरानीमा राखिनेछ । सन् २०२० को सुरुमा कोभिड–१९ महामारी सुरु भएयता सीमा नियन्त्रणलाई कडाइका साथ लागू गर्ने पहिलो मुलुकमध्ये उत्तर कोरिया पनि एक हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार