रोमनियामा ग्याँस बिष्फोट, दुइको मृत्यु ५६ घाइते

उज्यालो प्रतिनिधि ११ भाद्र २०८०, सोमबार विश्व

बुखारेष्ट । रोमानियाको राजधानी बुखारेस्ट नजिकैको एलपीजी ९लिक्वि फाइड पेट्रोलियम ग्यास० स्टेशनमा भएका दुई विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् ।

अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो जानकारी दिएको हो ।सरकारका अनुसार बुखारेस्टको उत्तरमा रहेको क्रेभेडिया कम्युनमा आगो निभाउन सहयोग गर्ने ३९ जना अग्निनियन्त्रक दोस्रो आगलागीमा घाइते भएका छन्। साथै, अस्पतालका प्रतिनिधि र स्थानीय सञ्चारमाध्यमले घाइतेमध्ये १० भन्दा बढीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । रोमानियाको आपतकालीन अवस्था निरीक्षण कार्यालयले आगलागी भएपछि करिब २५ वटा दमकललाई घटनास्थलमा लगिएको अल जजीराले जनाएको छ।

यद्यपि प्रधानमन्त्री मार्सेल सिओलाकुले घाइतेहरुलाई उपचारका लागि विदेश पठाउन सकिने बताएका छन् । सिओलाकु विष्फोटपछि गृह मन्त्रालयमा बसेको क्राइसिस सेलको बैठकमा सहभागी भए पछि उनले सो प्रतिक्रिया दिएका हुन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार